काठमाडौं। बलिउडमा फिल्मी अनेक नौटंकी गरेर चर्चामा आउने सेलिब्रेटीको कुनै कम भने छैन्। कोरोना महामारीको विश्व आक्रान्त भैरहेको वर्तमान अवस्थामा समेत बलिउड सेलिब्रेटीहरुको यो हर्कत गर्नमा कुनै कमी भने आएको छैन्।

चर्चाको लागि कोरोना हर्कत गर्ने सेलिब्रेटीमा बलिउड सुपर मोडल पुनम पाण्डे देखिएकी छन्। भारतीय समाचार माध्यमका अनुसार, मोडल पाण्डेको कोरोना प्यार व्यापक चर्चामा आएको छ। मोडल पाण्डेले मास्कवाला प्यार भनेर सामाजिक सञ्जाल मार्फत फोटो सार्वजनिक गरेर कोरोना हर्कत गरेकी छन्।

अर्थात कोरोनावाट बच्न र बचाउन मास्क प्रयोग गर्न आवश्यक छ भनेर देखाउनका लागि चुम्वन अर्थात किस गर्न पनि मास्क प्रयोग गर्नुपर्दछ भनेर उक्त मास्कवाला प्यारको फोटो सार्वजनिक गरेको मोडल पाण्डेको जिकिर रहेको छ। मास्कको नाममा मोडल पाण्डे जोडीले रुमालले मुख छोपेर किस गरेको फोटो सार्वजनिक गरेको छ।

बास्तविक मास्क नलाइकन चर्चामा आउनका लागि सामाजिक सन्देश भनेर रुमालको मास्क बनाएर कोरोना प्यार देखाउन खोजेकी मोडल पाण्डेलाई हिजोआज रुमालवाली प्यार भनेर जिस्काउन थालेको छ। रुमालको मास्कले कतिको कोरोनालाई रोक्ने हो या होइन ? त्यो त रुमालवाली प्यार देखाउने मोडल पाण्डेलाई नै थाहा होला भनेर भारतीय समाचार माध्यमहरुले टिप्पणी गरेको पाइएको छ।
प्रकाशन मिति–२०७७ साल बैशाख १६ गते मंगलवार ।