काठमाडौं। कोरोनाको कहरमा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा १६२औं पटकको रक्तदान गरेका छन्। काठमाडौं महानगरपालिका वडा नंबर २८ स्थित ड्रिमल्याण्ड पब्लिक हाई स्कूलमा आयोजित विशेष रक्तदान कार्यक्रममा रक्तदाता कर्माचार्यले १६२ औं रक्तदान गरेका हुन।

स्वयंसेवी शतक रक्तदाता कर्माचार्यलाई केन्द्रीय रक्त सञ्चार सेवाकी निर्देशक डा.मनिता राजकर्णिकारले रक्त संकलन थैली प्रदान गरेपछि कोरोनाको कहरमा विशेष रक्तदान कार्यक्रम शुभारम्भ गरिएको थियो।

कर्माचार्य सहित ५० जना रक्तदाताहरुले सामाजिक दूरी कायम गरेर रक्तदान गरेका थिए। कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नंबर २८ का वडा अध्यक्ष भाइराम खड्गीले जीवनको १६२ औं पल्ट रक्तदान गर्ने शतक स्वयंसेवी रक्तदाता कर्माचार्यलाई अभिनन्दन पत्र प्रदान गरेका थिए।

ड्रिमल्याण्ड पब्लिक हाई स्कूलका प्रधानाध्यापक सूर्य राईको सभापतित्वमा आयोजित रक्तदान कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाहरुले रक्तदाताहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेका थिए।


प्रकाशन मिति–२०७७ साल जेठ १६ गते शुक्रवार ।