काठमाडौं। काठमाडौं उपत्यकामा जिल्ला वाहिरवाट लुकीछिपी आउनेहरुको बढ्दो क्रमले गर्दा कोरोना संक्रमणमा बृद्धि भएको ठहर गर्दै गृह मन्त्रालयले उपत्यकाका सवै नाका सिल गरेका छन्।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको नेतृत्वमा काठमाडौं उपत्यका नगरपालिका फोरमले गृहमन्त्री रामवहादुर थापा बादलसंग गरेको घनिभूत छलफलवाट पारित भएपछि गृहमन्त्री बादलकै आदेशानुसार काठमाडौं उपत्यकाका सवै नाका सिल गर्न गृह मन्त्रालयले सवै निकायमा परिपत्र जारी गरेको छ।

मन्त्रालयका शाखा अधिकृत गणेश तामाङव्दारा जारी परिपत्र अनुसार , काठमाडौं उपत्यकाका सवै नाका सिल गरिएको आदेशानुसार सवै निकायलाई अनुरोध गरेको छ। त्यसअनुरुप आज विहीवार काठमाडौं उपत्यका प्रवेश गर्ने सवै नाकामा सिल गरेर व्यापक कडाई गरेको छ।


प्रकाशन मिति–२०७७ साल जेठ ८ गते विहीवार ।