काठमाडौं। कोरोना महामारीको वर्तमान अवस्थामा सरकारले हात उठाएको छ। अव सरकारले कोरोना भाइरस संक्रमित सबैको उपचार खर्च अव उप्रान्त नब्यहोर्ने जनाएर हात उठाएको हो।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले विपन्न, असहाय, अपाङ्ता भएका व्यक्ति, जेष्ठ नागरिक, अग्रपङ्तीमा खटिएका स्वाथ्यकर्मी, कर्मचारी र सरसफाईमा काम गर्नेहरुको मात्र परीक्षण तथा निःशुल्क उपचार गर्ने निर्णय गरेको वताएका छन्।

अन्य व्यक्तिहरुले सबै किसिमका परीक्षण तथा उपचार आफ्नै खर्चमा गर्नु पर्ने प्रवक्ता डा.गौतमले जानकारी दिएका छन्। निःशुल्क परीक्षण तथा उपचार हुने व्यक्तिहरुको कोरोना बीमा गरेको भए उनीहरुको उपचार कोरोना बीमाको रकमवाट नै गरिने निर्णय भएको छ।

यसैबीच दशैको तीन दिन नवमी, दशमी र एकादशीका दिन कोरोनाको पीसीआर परीक्षण नहुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रयोगशालाहरुको चाप अनुसार परीक्षण गर्ने–गराउने व्यवस्था मिलाउन निर्देशन दिने निर्णय भएको जनाएको छ। तर तीन दिनवाहेक अन्य दिन प्रयोगशलाहरु पूर्ण रुपमा खुल्ने र परीक्षण गरिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले संक्रमितको उपचारका खटिएकाहरुलाई कोरोनाको लक्षण वा चिन्ह देखिए मात्र क्वारेन्टिनमा बस्न भनेको छ। यस्तै लक्षण नभएका संक्रमितलाई १० दिनमा डिस्चार्ज गराउन र उनीहरु १ साता होम क्वारेन्टिनमा बस्नु पर्ने समेत मन्त्रालयले निर्णय गरेको छ।

सरकारले कोरोनाको चरम महामारीको बेला आएर यसरी हात उठाएपछि सरकार नागरिककको स्वास्थ्य सुरक्षाप्रति गैरजिम्मेवारी भएको अपोजिसन पार्टी नेपाली कांग्रेस लगायत सर्वसाधारणले प्रतिक्रिया दिएका छन्। महामारी नियन्त्रणमा सरकार जिम्मेवार वनेर सवै नेपाली नागरिकको उपचार निःशुल्क गरेर राहत दिनुपर्नेमा उल्टो आहत दिने प्रकृतिको सरकारको कार्यवाट सवै नेपालीहरुको मनमा आघात पुगेको छ। यो गैरजिम्मेवारीपूर्ण कार्यको सवैले घोर विरोध गरेका छन्।


प्रकाशन मिति–२०७७ साल कात्तिक ३ गते सोमवार ।