काठमाडौं। कोरोनाको महामारीको वर्तमान विषम परिस्थितिमा रगतको अत्यन्त आवश्यक हुने यथार्थतालाई मनन गरेर विभिन्न स्थानमाआकस्मिक विशेष रक्तदान कार्य हुन थालेको छ।

यसक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज पनि निक्कै सक्रिय भैरहेको छ। समाजको काठमाडौं महानगरपालिका वडा नंबर २० नगर समितिले बुधवार मरुटोल डबलीमा आकस्मिक विशेष रक्तदान कार्यक्रम संपन्न गरेको छ। लकडाउनको कठिनाइमा पनि २८ जना स्वर्यसेवी रक्तदाताहरुले रक्तदान गरेका छन्।

नेपालका रेकर्डेट रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा भएको विशेष आकस्मिक रक्तदान कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नंबर २० का वडा अध्यक्ष राजेन्द्र मानन्धर,महानगरीय प्रहरी बृत्त जनसेवाका प्रमुख,प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्लको बिशेष उपस्थिति रहेको आयोजक नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २० वडा नगर समितिले जनाएको छ।


प्रकाशन मिति–२०७८ साल बैशाख २९ गते बुधवार ।