काठमाडौं। कोरोनाको महामारीमा काठमाडौंमा हामी नेपाली ग्लोबलको राहत सहयोग जारी रहेको छ। जाति, धर्म तथा राजनीतिभन्दा माथि उठेर नेपाल आमाको आँशु पुछ्नका लागि स्थापित हामी नेपाली ग्लोबलको अगुवाई तथा संयोजकत्वमा काठमाडौंंको डल्लु खोला किनारतिर बस्नेत २० विपन्न परिवारलाई खाद्य तथा स्वास्थ्य सामाग्री प्रदान गर्ने कार्य भएको छ।

त्यस्तै, साँझको समयमा भोकले पिरोलिएका काठमाडौंको असन देखि हनुमानढोकासम्मको इलाकामा दैनिक ज्यालादारीमा काम गर्ने १५० विपन्न तथा मजदुरहरु खाना खुवाउने कार्य पनि भएको जानकारी हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाले भिजन संसार डटकमलाई दिएका छन्।

शनिवारको यस महान पूण्य कार्यमा स्व.बुवा लक्ष्मीप्रसाद देवकोटा र आमा विष्णुमाया देवकोटा तथा ससुरा चन्द्रप्रसाद पन्त, सासुआमा दुलाकुमारी पन्तको नाममा समाजसेवी अर्जुन देवकोटाको सहयोग रहेको पनि केन्द्रिय अध्यक्ष लामाले भनेका छन्।

त्यस्तै, हिजो शुक्रवार यसैगरेर, हामी नेपाली ग्लोबलको अगुवाई तथा संयोजन र विभिन्न संघ–संस्थाको साथमा चावहिलमा १६ होचा–पुडकाहरुलाई खाद्य राहत सामाग्री सहयोग प्रदान गरिएको छ। कालिमाटी प्रहरीलाई २ हजार थान मास्क प्रदान गरिएको पनि हामी नेपाली ग्लोबलले जनाएको छ। जसमा हामी नेपाली ग्लोबल कोरिया तथा अम्बिका पार्कको विशेष सहयोग रहेको भनिएको छ।

प्रकाशन मिति–२०७८ साल जेठ १ गते शनिवार ।