काठमाडौं। कोरोनाभाइरसको महामारीको वर्तमान अवस्थामा क्यालेन्डरवाट सार्वजनिक जनचेतना बढाउने कार्यको शुरुवात नेपालवाटै भएको छ। नेपालका ख्यातिप्राप्त फोटोग्राफर राजभाइ सुवालले कोरोनाभाइरसको क्यालेन्डरवाट सार्वजनिक रुपमा पहिलो पल्ट जनचेतना बढाउने कार्य भएको हो।

विश्वमा संभवत पहिलो पल्ट क्यालेन्डर मार्फत जनचेतना अभिबृद्धि गर्ने कार्य फोटोग्राफर सुवालको क्यालेन्डरवाटै भएको छ। नेपाल संवत ११४१ नयाँ बर्षको अवसरमा प्रकाशित यो बर्षको क्यालेन्डरको विषय नै कोरोनाभाइरसको सचेतना रहेको छ। जसमा शताव्दी पुरुष सत्यमोहन जोशी, कवि तथा गीतकार दुर्गालाल श्रेष्ठ, गोल्डेनभ्वाइस प्रेमध्वज प्रधान, कमेडी किङ मदनकृष्ण श्रेष्ठ, नेपालभाषाविज्ञ डा.चुन्दा बज्राचार्य र मिस नेवा सुनिता डंगोलका परम्परागत मौलिक पहिरन सहितको फोटो अनि ती ६ स्रष्टाका हस्तलिखित कोरोनाभाइरस सचेतना सन्देश क्यालेन्डरमा उल्लेख छन्।

तिथिमिति, गते तथा तारिख सहितको नेपाल संवत ११४१ कोरोनाभाइरस सचेतनात्मक क्यालेन्डर ख्यातिप्राप्त फोटोग्राफर राजभाइ सुवालको अतुलनीय सिर्जना हो। निक्कै सोच–विचार गरेर निकालिएको गजबको क्यालेन्डर बनेको छ। विगत २१ बर्षदेखि हरेक बर्षको नेपाल संवत नयाँ बर्षको उपलक्ष्यमा क्यालेन्डर फोटोग्राफर सुवालले प्रकाशित गर्दैआएका छन्।

२१ बर्षको इतिहासमा फरक क्यालेन्डरको रुपमा निकाल्ने कार्यमा सुवाल सफल बनेका छन्। जुन विश्वकै कोरोना सचेतनामूलक पहिलो क्यालेन्डर पनि बन्न सफल भएको छ।

प्रकाशन मिति–२०७७ साल मंसीर ७ गते आइतवार ।