काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) वाट संक्रमित विरामीलाई प्लाज्मा थेरापीको माध्यमवाट सफल उपचार गर्ने डा.विपिन नेपाल सम्मानित बनेका छन्। लायन्स क्लब चाबहिल सिटीको आतिथ्यमा लायन्स क्लव ओखलढुंङ्गा, लायन्स क्लव निरभाना, लायन्स क्लव ओखलढुंङ्गा श्रीयन्त्रको आयोजनमा डा.नेपाल सम्मानित वनेका हुन।

प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५.२ का गभर्नर डा..सुशिला मल्लले नेपालमा पहिलो पटक कोभिड–१९ बाट संक्रमित विरामीमा प्लाज्मा थेरापी उपचार सफल गर्ने डा.विपिन नेपाललाई सम्मान गरेकी थिइन। सोही सम्मान कार्यक्रम पश्चात
लायन्सको आगामी २०२०–२१ मा गर्ने कार्यक्रमको बारेमा छलफल भएको थियो।

जोन चियरपर्सन महाविर रिसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा
सेकेण्ड भाईस गभर्नर लायन दिनेश श्रेष्ठ, क्याविनेट सेक्रेटरी लायन उत्तम झा, लायन हरि दाहाल, लायन लेखनाथ दाहाल, चाबहिल सिटीका अध्यक्ष लायन सनत मानन्धर, कोषाध्यक्ष लायन विमल पौडेल लगायतले मन्तव्य राखेका थिए।


प्रकाशन मिति–२०७७ साल साउन २३ गते शुक्रवार ।