काठमाडौं। चीनले कोरोनाभाइरसको प्रकोपबाट मृत्यु भएकोहरुको सम्मानमा आज शनिवार राष्ट्रिय शोक मनाएको छ।

मृतकको सम्झनामा आज विश्वभर चिनियाँ दुतावासमा झण्डा झुकाइएको छ भने सार्वजनिक र औपचारिक कार्यक्रमसमेत गरेको छैन्। कोरोनाभाइरसका कारण मृत्यु हुनेहरुलाई शहिदको रुपमा चित्रण गर्न शोक दिवस मनाएको चीनको राज्य परिषदले जनाएको छ।

चीनको स्थानीय समयअनुसार बिहान दश बजे तीन मिनेट मौनधारण गर्नुका साथै साइरन र घण्टीहरु बजाएर राष्ट्रिय शोक मनाएको हो। चीनमा हालसम्म तीन हजार तीन सय मानिसको मृत्यु भएको छ ।

चीनले यसअघि सन् २००८ मा दक्षिण पश्चिम चीनको सिचुवान प्रान्तमा आएको भूकम्पमा परेर मृत्यु भएका ६९ हजार मानिसको सम्झनामा विश्वव्यापी रुपमा शोक मनाएको थियो।
(बीबीसीको सहयोगमा)


प्रकाशन मिति–२०७६ साल चैत २२ गते शनिवार ।