काठमाडौं। कोरोनाभाइरसवाट बच्ने र बचाउने उपाय सहितको अत्यन्त सन्देशमूलक सर्टमुवी तयार भएको छ। जसको नाम अदृश्य शत्रु अर्थात अनसिन इनेमी राखिएको छ। बेलायतमा बसोबास गर्दैआएका नेपाली चलचित्र उद्योगका प्रतिभाशाली अभिनेता मनिष कुमार श्रेष्ठको सूचनामूलक बेजोड अभिनय अनसिन इनेमीमा रहेको छ।

एक अभिनेता मनिष कुमार श्रेष्ठले चार पात्रको भूमिकामा बेग्लाबेग्लै अभिनय गरेर गजबले प्रस्तुत गर्ने कार्य निर्देशक तथा सम्पादक आशिष श्रेष्ठले गरेका छन्। १८ बर्षको भर्खरको तन्नेरी उमेरमा पुगेका ज्यादै प्रतिभाशाली निर्देशक तथा सम्पादक आशिष श्रेष्ठको कडा मेहनतको प्रस्तुतिको रुपमा यो सटमुबी देखिएको छ।

बेलायतमा फिल्म इञ्जिनियरिङ संवन्धी नै हाल अध्ययनरत आशिष श्रेष्ठले यसअघि विभिन्न म्युजिक भिडियो तथा एड प्रडक्टहरुमा पनि आफूभित्रको प्रतिभालाई प्रस्तुत गरिसकेका छन्। अभिनेता मनिष कुमार श्रेष्ठको सुपुत्र आशिष श्रेष्ठले पितालाई चार भूमिकामा प्रस्तुत गरेर आफूभित्रको क्यामेरा फ्रेमिङ, निर्देशन र सम्पादनको पहिचान दिने कार्य भएको छ।

विश्वभर स्वास्थ्य क्षेत्रमा ज्यानको पर्वाह समेत नगरिकन लागिरहेका महान स्वास्थ्यकर्मीहरुलाई समर्पित गरेर निर्माण गरिएको सर्टमुवी अनसिन इनेमीको प्रस्तुतकर्ता इनास युके एवम् प्रतिभा नक्षत्र युके रहेको छ। प्रोडक्सन अनु श्रेष्ठ (गोर्खा क्लब परिवार), प्रड्युसर आयुषा श्रेष्ठ र आयुष्मा श्रेष्ठ रहेको छन्।

प्रस्तुत छ–ज्यादै सन्देशमूलक सर्टमुवी अनसिन इनेमी

प्रकाशन मिति–२०७७ साल बैशाख ३ गते बुधवार ।