काठमाडौं। नेपालको नंबर वान नृत्य तथा संगीतको विद्यालय साधना कला केन्द्रले कोरोनाभाइरस विरुद्धको सामाजिक सचेतना कार्यक्रमको शुभारम्भ गरेको छ।

त्यो पनि नृत्यको माध्यमवाट कोरोनाभाइरसको सामाजिक सचेतनालाई सार्वजनिक गर्ने कार्य भएको छ। साधना कला केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानको एरेञ्जमा ख्यातिप्राप्त नृत्य निर्देशक भुवन श्रेष्ठले कोरोनाभाइरस सामाजिक सचेतनात्मक नृत्य निर्देशन गरेका छन्।

जसमा नृत्यका दर्जनौ कलाकारहरुले सांगीतिक पृष्ठभूमिमा नृत्यको हाउभाउवाट कोरोनाभाइरस विरुद्ध सचेतना बढाउने कार्य भएको छ।

प्रकाशन मिति–२०७६ साल चैत १० गते सोमवार ।