काठमाडौं। कोरोनाभाइरसका कारण विश्वलाई आक्रान्त पारिरहेको बर्तमान अवस्थामा यस विरुद्ध लड्न आत्मबल आवश्यकता रहेको छ। त्यस आत्मबललाई अभिबृद्धि गर्न भारतीय ख्यातिप्राप्त अभिनेत्री प्रियंका चोपडाले कोरोनाभाइरसलाई परास्त गर्न आत्मबल आवश्यक भएको बताएकी छन्।

यिनै अभिनेत्री प्रियंका चोपडाले कोरोनाभाइरस संक्रमणविरुद्धको लडाइका लागि आर्थिक सहयोग गर्ने घोषणा पनि गरेकी छन्। अभिनेत्री चोपडाले सामाजिक सञ्जालमार्फत् १ लाख डलर सहयोग गर्ने बताएकी हुन्। उक्त रकम श्रमजिवी महिला र सुरक्षा निकायमा खटिएका महिलाका लागि खर्च गर्ने भएकी हुन्।

सहयोग घोषणासँगै अभिनेत्री चोपडाले आफू अब हरेक साता प्रेरणादायी महिलाहरुको कथासहित प्रत्यक्ष प्रसारणमा हुने समेत जनाएकी छन्। उनले टुगेदर वुमन राइज भन्ने ह्यासट्यागको समेत सुरुवात गरेकी छन्।
प्रकाशन मिति–२०७६ साल चैत १९ गते बुधवार ।