काठमाडौं। कोरोनाभाइरस संक्रमण पुष्टि भएकी बागलुङकी ६५ वर्षीया महिलाको धौलागिरी अञ्चल अस्पतालमा उपचार शुरु गरिएको छ। उनको अबस्था सामान्य रहेको अस्पतालले जनाएको इमेज खवरले उल्लेख गरेको छ।

होम क्वारेन्टाइनमा बस्दै आएकी उनलाई कारोना संक्रमण पुष्टि भएपछि हिजो विहीवार नै आइसोलेसन वार्डमा भर्ना गरिएको थियो। उनी चैत ४ गते बेल्जियम हुँदै कतारको दोहाबाट नेपाल आएकी थिइन। उनी बेल्जियममा रहेकी छोरीलाई भेटेर फर्किएकी थिइन्। छोरी भेटेर दुई सातामै नेपाल फर्किएकी महिलामा कुनै लक्षण नदेखिएको भन्दै उनको स्वावको नमुना संकलन गरिएको थिएन।

बागलुङमा जोखिम बढ्दै गएपछि एउटै विमानमा आएका बागलुङका चारैजनाको स्वाब परीक्षणका लागि दबाब बढेपछि नमुना पठाइएको थियो। संक्रमित बाग्लुङकै अर्की युवती र उनी सवार विमानमा आएका जिल्लाको ढोरपाटनका एक युवा र बागलुङ नगरपालिकाकै अर्का युवकको रिपोर्ट भने नेगेटिभ आएको छ।
प्रकाशन मिति–२०७६ साल चैत २१ गते शुक्रवार ।