काठमाडौं। कोरोनाविरुद्धको खोप अभियान अन्तर्गत पहिलो डोज लगाएकालाई दोश्रो डोजको खोप दिइने भएको छ। यही नयाँ बर्ष २०७८ साल बैशाख ७ गतेदेखि दोस्रो डोज दिइने भएको हो।

पहिलो डोज लगाएकाहरूलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोजको खोप दिइने बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले जनाएको छ। माघ १४, १५, १६, १७ र २६ गते खोपको पहिलो डोज लगाएकाहरूले वैशाख ७ गते, माघ १८, १९, २०, २१ र २७ गते पहिलो डोज लगाएकाहरूले ८ गते दोस्रो डोज लगाउन पाउने छन्।

यस्तै माघ २२, २३, २४, २८ र फागुन २ गते पहिलो डोज लगाएकाले बैशाख ९ तथा माघ २९ र फागुन ३, ४, ५ र ६ गते पहिलो डोज लगाएकाहरूले बैशाख १० गते दोस्रो डोजको खोप लगाउने व्यवस्था मिलाइएको छ ।

यसैगरी माघ ३० र फागुन ७, ८, ९ र १० गते पहिलो डोज लगाएकाहरूलाई बैशाख ११ गते दोस्रो डोजको खोप गएको जनाइएको छ। सरकारले माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सुरु गरेको थियो।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कूटनीतिज्ञ तथा कर्मचारी, सार्वजनिक संस्थान र बैंक तथा वित्तिय संस्थानका कर्मचारीसहितले भारतमा उत्पादन गरिएको कोभिसिल्ड खोपको पहिलो डोज लगाएका छन्।
प्रकाशन मिति–२०७७ साल चैत्र ३१ गते मंगलवार ।