काठमाडौं। कोरोना भाइरसका कारण सकभर यो बर्षको होली नखेल्न सरकारले उर्दी जारी गरेतापनि काठमाडौंमा कोरोनावाट खासै डराएको पाइएन।

होली खेल्नेहरु मास्क लगाएर भएपनि होलीमा मज्जाले रमेको पाइयो। पोहोर–परारजस्तो तडक–भडक नदेखिएतापनि बसन्तपुरमा होली पर्वको अवसरमा रम्नेहरुको कुनै कमी भएन।

अग्रज फोटोग्राफर कविन्द्रमान शाक्यको शव्दमा भन्ने हो भने, कोरोनासंग डराएनन् नेपाली होली प्रेमीहरू।

कविन्द्रमान शाक्यले खिचेका आजको होली पर्वका फोटो आफै बोल्छ-ह्याप्पी होली….

प्रकाशन मिति–२०७६ साल फागुन २६ गते सोमवार ।