–गंगाराम बस्नेत
बिद्यार्थी भिसा भनेको हामीले त्यहाँ गएर केही वर्ष मिहेनतका साथ पढेर कुनै दक्ष पढाई हाशिल गरिसकेपछिको उज्ज्वल भविष्य बनाउनु हो। अर्को अर्थमा भन्नुपर्दा राम्रो कमाईको बाटो बनाउनु पनि हो। यसअर्थमा जापान पनि उच्च शिक्षाका लागि उचित गन्तव्यको देश हो। र आकर्षणको प्रमुख केन्द्रविन्दु पनि हो।

जापानमा पुग्नेबितिक्कै र अझ त्यहाँ टेक्ने बितिकै, भोलिपल्ट देखि नै पैसा नै पैसा फल्ने–टिप्ने सपना भने नदेख्दा नै राम्रो ! अर्को कुरा जापान पुग्नुपूर्व हामीले नेपालमा नै जापानमा बिद्यार्थी जीबनका बारेको सहज अनि असहज परिस्थिति कतिको बुझेको हुन्छौ। त्यो कुराले जापानमा भोग्ने कठिनाई या सहजता धेरैहदसम्म जानकार बनाउने गर्दछ।

हाम्रो सोचाई शुरुमा नै जापान भिसा भन्नेबितिकै कतैकेही नबुझी शुरुमा नै पैसामा केन्द्रित हुनपुग्दछौ। जसले हाम्रो पछिको जापानको भविष्य ओझेलमा पार्ने गर्दछ। म यहाँ केही कुरा बिद्यार्थी भिसा सम्बन्धमा लेख्न गैरहेको छु । जसलाई ध्यान पुराउनुभयो भने, पछिको जापानको जीबन धेरै सजिलो हुने गर्दछ।

हामी धेरै जसो जापान धेरथोर पैसासापटीमा नै गएकाहुन्छौ। पक्कै केही ब्याजपनि लाग्ने गर्दछ। अनि जापान गएपछि हामी सोच्दछौ कि काम गरेर सब पैसा केही महिना अनि बर्षमा नै चुक्ता बनाएर ढुक्क हुन्छौ। तर, हाम्रो सोचाई सबै साचो नै बनिदिन्छ भने पक्कै होइन।

अरुको देश, नयाँ ठाउँ, परिस्थिति नयाँ र हिजो बुवाआमाको भरमा सबैकुरामा बसेको आज पढ्नेदेखि खानेसम्मको खर्च आफूले नै व्यवस्था गरेर चल्नुपर्ने अवस्था सहज भने पक्कै हुदैन। तरपनि केही सहज पाटो र केही बर्षको संघर्षले सुखका दिनभने अवस्य ल्याउने कुरामा कुनै दुबिधा भनेछैन्।

एक त जापान बिश्व जगतमा बिकाश अनि मिहेनतमा कहलिएको देश, अनि हामीले सम्झिनुपर्छ कि बिश्वको सम्बृद देश जहाँ नेपाली अनि नेपाललाई छुट्टै माया गर्दछन। शुरुमा जापानमा केही वर्ष थोरै काम गर्दै केही पैसा जोगाउदै, पढाई अनि काम गर्न त्यति गा¥हो छैन्। अनि जापान बिद्यार्थीहरुको लागि पनि काम नै नपाउने ठाउँ भने पक्कै होइन ।

भाषा सकिएपछि यस्तो बिषय पढ्ने गर्नुस्। जुन तपाईलाई जापानमा पछि कामको भिसा पाउन मद्दत गरोस, जस्तै कार सम्बन्धि, होटेल, एनिमेसन, ग्राफिक डिजाइन, कृषि आदि। हामीले भाषा पढ्दा–पढ्दै धेरै कमाएर केही बर्षमा फर्किने भन्दा शुरुमा थोरै काम गर्दै राम्रो टेक्निकल बिषयको अध्यन गरेर वर्किङ भिसा पाउनेतिर जोडदिनुपर्दछ।

जापानमा कामहरु प्रसस्तै छन्। अनि सरकारको नियमअनुसार बिद्यार्थी भिसामा जानेहरुले २८ घण्टा काम गर्न छुट हुने गर्दछ। अनि बिदाको दिनमा केही बढी काम गर्न पाइन्छ। जसले महिनामा १ लाख २० हजारदेखि ४०सम्म कमाउन गा-हो छैन्। अनि जोगाउनपनि, हामीले १ बर्षको बिद्यालय शुल्क र ६ महिनाका छात्राबास शुरुमा नेपालबाट नै तिरेको हुन्छौं। त्यसैकारणले जतिकमाएको हुन्छौ । महिनासम्मलाई त्यसमा १ लाख बचाउन त्यति गाह्रो भनेपर्दैन। जसले हामी घरमा केही रकम पठाउन साथसाथै पढ्नलाई जोगाउन पनि सक्दछौ।

छोटोसमयको लागि नभएर पछिसम्मको भविष्य सोचेर चल्न र पढ्न सकेमा जापान त्यसैसुन्दर लाग्नेगर्दछ। अर्को महत्वपूण कुरा जापानको कानुन अनि काम गर्ने शैली र नीति नेपालभन्दा धेरै माथि छ। तसर्थ हामीले नेपालको तरिकालेभन्दा जापानको काइदाकानुनअनुसार जापानमा बस्न सिक्नुपर्दछ । त्यसैले जापानको बस्तुस्थिति बुझेर हामी चल्न सिकेभने हाम्रो वर्तमान अनि भविष्य दुवै उज्ज्वल हुन्छ।

अब दोश्रोपाटो कोरोनाले बिश्वजगतसंगै जापानमा कस्तो असर त, जापान आफैमा सानोसानो कुरामा निकै चासो देखाउनुको साथै सजक रहने देश हो। बिश्वमा आतंक फैलाएको कोरोनाले जापान लाइ नछुने पक्कै हुदैन। विगत एक बर्ष अगाडि ऋइभ् अनि भिसा लिएकापनि अहिलेसम्मपनि नेपालमा नै बसेको अवस्था रहेको छ। र तनाब अरुभन्दापनि जसल पैसा पठाईसकेको छ। उनीहरुमा अलिक बढी छ। नहुने कुरा पनि पक्कै हुदैन।

धेरैले हामी बर्बाद भयौ उफ..अब फसियो कि भन्ने कुरा भने मनमा लिनु उचित हुदैन । त्यहाँ पठाएको पैसा अधिकारिक संस्थासंग हुने गर्दछ। भोलि यदि जापान नलग्ने नै भएपनि त्यो पैसा प्रसाशनिक प्रकियबाट फिर्ता हुन्छ नै । र अर्को कुरा यो कोरोना कहिले सकिन्छ । अनि जापानले कहिले लैजान्छ भन्ने कुरा कुनै जापानिज अनि स्वयम् त्यहाँको कुनै मन्त्रीले नै पनि भन्नसक्ने अवस्थाभने छैन्। किनकि बिश्वको अवस्था कस्तो छ, त्यसको प्रभाब कतिको छ, अनि नेपाल अनि नेपालीको सजकता कतिको छ त्यसमा भरपर्ने कुरा हो।

यहाँ कतिकुरा सुनिन्छन्। जस्तै नेपालको संसदमा बोलेर, आन्दोलन गरेर जापान खुल्छकि भन्ने तर, त्यो सबै मुर्खबुद्धि प्रयोगभन्दा बास्तबिकता केही होइन। हाम्रो नीतिले जापानको सरकार चल्ने पक्कै होइन। यो त बिश्वको समय कसरी चलेको छ र उनीहरुको नागरिकको सुरक्षाको अवस्था के छ भन्ने कुरामा भर पर्ने हो। अहिले नै जापान नै गएपनि पहिलाको जस्तो सहज अवस्था छैन्।

तुरुन्तै काम पाउने जता मनलाग्या त्यतै हिड्नु पाउने अनि पढाई सुचारुभैहाल्ने जस्ता, बरु नेपालमा नै कसरी आफुलाई बिजी राख्ने, भाषा कसरी तिखार्ने त्यो कुरामा ध्यानदिनु उचित हुन्छ । तत्पश्चात हामी जापान ढुक्कले जान पाउंछौ। ढिलो कि चाँडो भन्ने मात्र हो। अहिलेको समयलाइ अलिक बुझेर आफुलाई नेपालमापनि अरु काम इलममा लगाउन सके त्यो सबैभन्दा उचित हुनेगर्दछ, हामीले जतिसहज यो कोरोनालाइ सोचेका छौ यसको भुतले बिश्वलाइ नराम्रो संगालेको छ, अझै बिकसित देशहरुको तसम्पूर्ण अर्थतन्त्र तहसनहस भएको अवस्थामा हामीले आफ्नो मात्र स्वार्थ हेर्नुपनि उचित भनेहोइन।

धैर्य गर्नुस, जापान जान ढुक्कले जान पाउनु हुनेछ, यो कोरोनापछिको जापानमा बिद्यार्थीमा जानेलगायत, विदेशमा बिदेशीको भविष्य कतिको सुनिश्चित छ? त्यो कुरामा अध्ययन गर्नुहोस्, आफ्नो भाषा राम्रो बनाउनुस्। आफूलाई कुनै काम इलममा लगाउनुस,हावाधारी अनलाईनपोर्टलर फेसबुकको समाचारपछि नलागौं। सही र आधिकारिक जानकारी लिने कोशिस गरौं। हल्लाभन्दा अधिकारिक पत्रपत्रिका अनि आधिकारिक जापान सम्बन्धि पेजहरुको समाचारलाइ फलो गर्नुस्।


(लेखक गंगाराम बस्नेत सेसन जापानिज ल्याङ्वेज स्कुल, चावहिल, काठमाडौंका म्यानेजिङ डाइरेक्टर हुनुहुन्छ।)
नामी साप्ताहिकवाट साभार
प्रकाशन मिति–२०७७ साल चैत्र २८ गते शनिवार ।