काठमाडौं। कोरोना कहरको चर्को मारमा परिरहेका सर्वसाधारणलाई मनोरञ्जन तथा सचेतना अभिबृद्धि गर्न र गराउन म्युजिक भिडियो सार्वजनिक भएको छ।

एक पछि अर्को श्रोता रुचिको गीतसंगीत पस्कदै आएका संगीतकार ओम प्रकाश राईले लकडाउनको वर्तमान अवस्थामा आधुनिक गीतको भिडियो सार्वजनिक भएको हो।

संगीतकार राईले ओसियन म्युजिक प्रालिको प्रस्तुती ‘सिरानी लाएँ हात फेरी फेरी….’ बोलको गीतको भिडियो आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरेका हुन् । सन्चमान राईको शब्द, ओम प्रकाश राईको संगीतमा प्रविण वेडवालको भिडियोमा गायन रहेको छ।

आरडी थापाको एरेञ्ज, ज्ञानु राईको छायांकन तथा निर्देशन रहेको भिडियोमा निराजन प्रधान र सुप्रिया श्रेष्ठको अभिनय रहेको छ ।

प्रकाशन मिति–२०७८ साल बैशाख २१ गते मंगलवार ।