काठमाडौं। कोरोना कहरका कारण विश्व नै आक्रान्त बनिरहेको छ। फिल्मलाइनलाई त कोरोनाले ध्वंस्त जस्तो वनाइसकेको छ। नेपाल तथा भारत लगायतका विश्वका कैयन मुलुकमा विगत पाँच महिनाअघि देखि फिल्म हल बन्द नै छ। विश्वको फिल्म बजारमा हलिउड पछि धेरै कारोवार हुने बलिउड फिल्म उद्योग पनि कोरोनाको कहरको चर्को मारमा परेको छ।

यो विषम मारमा भने बलिउडका कलाकारका कमाइले भने चर्चा पाएको भारतीय समाचार माध्यमहरुको दावी रहेको छ। भारतीय समाचार माध्यमहरुका अनुसार, बलिउडका अभिनेत्रीहरुको कमाइमा केही फरक परेको छैन्। यसरी फरक नपर्ने अभिनेत्रीमा पहिलो नंबरमा दीपिका पादुकोण देखिएको छ।

बाहुबली अभिनेता प्रभाससँग जोडी बाँध्न दीपिकाले २० करोड भारु पारि श्रमिक लिएपछि उनी सर्वाधिक महँगी भारतीय अभिनेत्रीमा गनिएकी छन् । यो जोडी नाग आश्विनको निर्देशनमा बन्ने ‘साइफाई फिक्सन’मा एकसाथ देखिन थालेको छ। दीपिका र प्रभासको जोडी बाँध्न निर्माताले उक्त महँगो रकम खर्चिएका हुन्। बलिउडमा सबैभन्दा धेरै कमाइ गर्ने अभिनेत्रीमा दीपिका पादुकोणसँगै आलिया भट्ट, अनुष्का शर्मा लगायतको नाम अगाडि आएको छ।

पछिल्लो समय कुनै पनि फिल्ममा नदेखिएकी अनुष्का शर्मा पनि महँगो नायिकामा गणना भएकी छन्। ‘पाताल लोक’ र ‘बुलबुल’को निर्माताका रूपमा समेत काम गरेकी अभिनेत्री शर्माले उत्कृष्ट अभिनयको छाप छाडेकी छन्। महँगी अभिनेत्रीको चर्चा गर्दा दीपिका पादुकोणको नाम स्वतः अगाडि आउँछ। उनी सन् २०१८ मा ४८ करोड कमाइ गरेर १०औं नम्बरमा पर्न सफल भएकी थिइन् । तर हाल आएरउनी चौथो नम्बरमा पुगेकी छन् । उनको पछिल्लो वर्षको कमाइ १११.८ करोड भएको छ।

अर्की अभिनेत्री आलिया भट्टको सन् २०१९ को फोब्र्सको सूचीमा समेत सामेल भएकी थिइन् । उनको पछिल्लो कमाइ ५९.२१ करोड रहेको छ। ग्लोबल आइकन बनेकी अभिनेत्री प्रियंका चोपडा जोनास पछिल्लो समय सबैभन्दा धेरै कमाइ गर्ने अभिनेत्रीको टप सय सेलिब्रिटीको सूचीमा पर्छिन् । उनी ४९ नम्बरबाट १४औं मा आइपुगेकी छन् । पछिल्लो समय प्रियंकाको कुल कमाइ २३.४ करोड थियो। इन्स्टाग्राममा धनीको सूचीमा सन् २०१९ की सबैभन्दा धनी भारतीय सेलिब्रिटीका रूपमा पनि उनी मनोनयन भएकी थिइन् । उनले पछिल्लो समय इन्स्टाग्रामको एउटा पोस्ट बराबर १.९२ करोड पाउँछिन् ।

अभिनेत्री तथा निर्मात्री अनुष्का शर्माको सन् २०१९ को कमाइ २८.६७ करोड थियो । उनी सबैभन्दा धेरै कमाइ गर्ने अभिनेत्रीको सूचीमा २१औं नम्बरमा पर्छिन्। अभिनेत्री कैटरीना कैफको अघिल्लो वर्ष कमाइ २३.६३ करोड थियो । उनी धनी अभिनेत्रीहरूको सूचीमा २३औं नम्बरमा पर्छिन्। उनी केही ठूला ब्रान्डका एम्बेसडरसमेत हुन्। यी करोड क्लबको आम्दानीमा परेका अभिनेत्रीहरुलाई भने कोरोनाको कहरले खासै असर नपरेको भारतीय समाचार माध्यमहरुको ठहर रहेको छ।


(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७७ साल साउन ३१ गते शनिवार ।