काठमाडौं। असोज १ गते देखि लामो दूरीका सवारी साधन तथा आन्तरिक हवाइ उडान सुचारु भएको छ। सुचारु भएतापनि खासै चहलपहल नभएतापनि कोरोनाको रेडजोनमा रहेको काठमाडौंमा भयावह हुने हो कि भन्ने आशंका गरिएको छ।

प्रशासनले लामो दूरी तथा आन्तरिक हवाइ उडानवाट आवत–जावत गर्नेहरुको पीसीआर टेष्ट गर्ने संभव नभएको भनेर हात उठाइसकेको अवस्थामा व्यक्ति स्वयं सचेत हुनुवाहेक अर्को विकल्प छैन्। सरकारको यसप्रकारका अदुरदर्शी कार्यले स्थानीय निकाय रुष्ट वनेका छन्।

काठमाडौं उपत्यका नगरपालिका फोरमका कार्यवाहक अध्यक्ष ललितपुर महानगरपालिका मेयर चिरिवावु महर्जनले आफूहरुले उपत्यकाका नाकाहरुमा सेना परिचालन गरेर उपत्यका सुरक्षित गर्नुपर्ने भन्दाभन्दै पनि यसप्रकारको कार्यले उपत्यकामा कोरोनाको संक्रमण भयावह पार्ने भयो भनेर चिन्ता व्यक्त गरेका छन्।

यसैवीच स्थानीय प्रशासनले सूचना प्रकाशन गरेर असोज १ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्मका लागि केही क्षेत्रमा अझै निषेधाज्ञालाई निरन्तरता दिएको जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँको सूचना अनुसार यसअघि लागू हुँदै आएको सार्वजनिक तथा निजी सवारी साधनको जोर बिजोर प्रणाली यथावत राखिएको छ। अत्यावश्यक सेवा र ढुवानीका साधनको हकमा नियम लागू हुने छैन।

यस्तै, भेला, जुलुस, जात्रा, महोत्सवलाई निषेध नै गरिएको छ। शैक्षिक संस्था बन्द नै रहनेछन्। मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, स्पाः लगायत पनि बन्द नै रहने सूचनामा उल्लेख रहेको छ।
प्रकाशन मिति–२०७७ साल असोज १ गते विहीवार ।