ललितपुर । कोरोना महामारी विरुद्धको खोप लगाउने क्रममा व्यापक भीडभाड हुने तथा अव्यवस्थित हुने जस्ता विभिन्न समस्या देखिरहेको अवस्थामा ललितपुर महानगरपालिका वडा नंबर ५ मा भने त्यस्तो देखिएन।

ललितपुर महानगरपालिका वडा नंबर ५ थसिखेल स्थित महालक्ष्मी पार्टी भेन्युमा आयोजित खोप कार्यक्रममा त्यस्तो नदेखिएको हो। खोप कार्यक्रम स्थलको गेट देखि नै अत्यन्त सुरक्षित तथा व्यवस्थित ढंगवाट खोप कार्यक्रम संचालन गर्ने र गराउने कार्यमा ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको नेतृत्वको वडा सरकारले कुनै कसर वाँकी राखेको देखिएन ।

साउन २२ र २३ गतेको चाइनिज दोश्रो भेरोसियल खोप दिने कार्यक्रममा ज्येष्ठ नागरिक देखि अपाङ्गता भएका व्यक्तिहरुलाई विशेष प्राथमिकता दिएर खोप दिने कार्य भएको छ। दुई दिने खोप कार्यक्रममा ५ सय ६६ जनाले खोप लगाएको जानकारी सामाजिक परिचालक तथा स्वास्थ्यकर्मी समेत रहेकी महिला वडा सदस्य शोभादेवी प्रधानले भिजन संसार डटकमलाई दिएकी छन्।

खोप दिने कार्यमा स्वयम् महिला वडा सदस्य प्रधानको व्यस्तता देखियो भने, वडा अध्यक्ष विकासमान श्रेष्ठ तथा वडा सदस्यहरु पूनम निरौला, मञ्जु रिजाल तथा अशोक कुमार श्रेष्ठको खटाइ पनि निक्कै नै भएको पाइयो । राम्रो तथा व्यवस्थित वडा सरकार भएमा, जनताले हर कार्यमा सहजता पाउने नमूनाको रुपमा नै खोप कार्यक्रम देखिएको सर्वसाधारण सवैको प्रतिक्रिया रहेको छ।

प्रकाशन मिति–२०७८ साल साउन २३ गते शनिवार ।