काठमाडौं। कोरोनाभाइरस संक्रमित गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षिय शिक्षकको बिहीबार बिहान मृत्यु भएको ५ नंबर प्रदेश सरकारले जनाएको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित क्रिमसन अस्पतालमा उनको उपचार भैरहेकोमा विहान मृत्य भएको प्र्रदेश सरकारले विज्ञप्तिमा मार्फत भनेका हुन।

क्रिमसन अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका उनको अवस्था बुधबारदेखि गम्भीर थियो। ५ नंबर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले विज्ञप्ति जारी गरी उनको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन्।

मृतक कङ्गे देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेको उल्लेख गर्दै विज्ञप्तिमा उनको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति भएको भनिएको छ।

योसँगै नेपालमा कोभिड–१९ संक्रमणवाट तीन जनाको मृत्यु भएको छ। यसअघि सिन्धुपाल्चोककी २९ बर्षिया सुत्केरी र बाँकेको नरैनापुर गाउँपालिका–५ का २५ वर्षीय युवकको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४ सय ४४ पुगेको छ।
प्रकाशन मिति–२०७७ साल जेठ ८ गते विहीवार ।