काठमाडौ। विश्वकपको दावेदार मानिएको ब्राजिलले शुक्रबारको खेलमा अतिरिक्त समयमा गोल गरेर जित हासिल गरेको छ। पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको ब्राजिलले शुक्रबार कोस्टारिकालाई खेलको अतिरिक्त समयमा गोल हानेर जितेको छ।

रसियाको सेन्ट पिटर्सबर्ग रंगशालामा सम्पन्न पहिलो खेलमा कोस्टारिकालाई ब्राजिलले २–० ले जितेको हो। ब्राजिलका लागि ९१ औं मिनेटमा कोउटिन्हो र ९७ औं मिनेटमा नेइमारले गोल गरेका हु्न्। कोस्टारिका स्वीट्जरल्याण्डले जस्तै ब्राजिललाई रोक्ने रणनीतिमा थियो। जसमा अन्तिम समयमा गोल खाएर विफल हुन पुग्यो। ब्राजिलले प्रहार गरेका २० सटमा ९ सट पोस्टको दिशामा थिए।

अन्तिम सयमसम्म कोस्टारिकाका गोलकिपर केलर नभासले उत्कृष्ट बचाउ गरेपनि कोउटिन्होलाई रोक्न सकेनन् । खेलमा ७१ प्रतिशत समय बल ब्राजिलको नियन्त्रणमा थियो। कोस्टारिकाले केही राम्रा मुभ बनाए पनि एउटै राम्रो सट प्रहार गर्न भने सकेन।

समूह चरणको पहिलो खेलमा स्वीटजरल्याण्डसँग बराबरी खेलेर दबाबमा रहेको ब्राजिलले शुक्रबार संघर्षपूर्ण जित निकाल्दै आफूलाई समूह ईमा अंक तालिकाको शीर्ष स्थानमा पुर्‍याएको छ। उसले २ खेलबाट ४ अंक जोडेको छ । दुबै खेल गुमाएको कोस्टारिका शून्य अंकसहित पुछारमा छ ।
प्रकाशन मिति–२०७५ साल असार ८ गते शुक्रबार ।