काठमाडौं। नेपाल वाहिर प्रवास क्यानडामा एक पछि अर्को गीतको भिडियो निर्माण तथा निर्देशन गर्दैआएका अग्रज नेपाली चलचित्रकर्मी ईश्वर थापाको निर्माण तथा निर्देशनमा नयाँ गीतको भिडियो क्यानडावाटै रिलिज भएको छ। ड्रिम्स गेट इन्टरटेन्टमेन्ट क्यानडा च्यानलवाट नयाँ गीतको भिडियो आँखामा बस्यौ रिलिज भएको हो।

क्यानडाको मनमोहक स्थानमा छायाँकन भएको उक्त गीतको भिडियोमा उद्धब मौसम तथा अंकिता कंडेलको स्वभाविक अभिनय रहेको छ। गायन प्रताप दास र प्रविशा अधिकारीको रहेको छ। संगीत राजेश थापाले दिएका छन्। गीत लेखन राजेश थापा र विपिन किरणले संयुक्त रुपमा गरेका हुन्।

प्रदीप श्रेष्ठको एरेञ्ज, रदीप श्रेष्ठको मिक्सिङ र रेकर्डिङ रहेको छ। किरण कौरको मेकअप तथा गोविन्द नेपालको प्राविधिक सहयोग निर्माण भएको आँखामा बस्यौ गीतको भिडियोको छायाँकन, ड्रोन, निर्देशन तथा सम्पादन ईश्वर थापाको रहेको छ।

प्रकाशन मिति–२०७७ साल असोज २५ गते आइतवार ।