काठमाडौ। क्यानाडामा भएको टोरन्टो ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाइँले स्वर्णपदक जितेकी छन्। महिला ५७ केजी तौल समूहको फाइनलमा यानकुमारीले क्यानाडाकी खेलाडी लौजन लौरिनलाई हराउँदै स्वर्ण जितेकी हुन्।

टोरन्टोस्थित भेराइटी भिलेज एथ्लेटिक सेन्टरमा भएको खेलमा ज्ञानी चुनरा र रेजिना कार्की भने पदकविहीन रहे। महिला ४९ केजी तौल समूहको पहिलो खेलमै रेजिना क्यानडाकी खेलाडीसँग पराजित भइन्।

यस्तै, ६२ केजीमुनि तौल समूहमा ज्ञानी क्वुबाकी खेलाडीसँग पहिलो खेलमै स्तब्ध भइन्। च्याम्पियनसिपमा करिब १ हजार १७५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल मंसीर ४ गते सोमवार ।