काठमाडौ। लामो समय देखि क्यानाडामा बसोबास गर्दै आएका नेपाली चलचित्रका अभिनेता इश्वर थापा त्यहाँ पुरस्कृत बनेका छन्। क्यानाडामा विशेष गरेर भिडियो सम्पादन कार्यमा व्यस्त बन्दैआएका अभिनेता थापालाई उत्कृष्ट भिडियो सम्पादन गरेवापत मिसेस साउथ एसिया क्यानाडा कन्टेष्टमा पुरस्कृत गरिएको हो। आयोजक रागा मोडल्सले अभिनेता थापालाई अवार्ड सहित सम्मानित गरिएको अभिनेता थापाले बताएका छन्।

Ishwor Thapa Awarded in Canada

साउथ एसियावाट क्यानाडा आएका महिलाहरुको व्युटी वीथ ब्रेनको कन्टेष्ट मिसेस साउथ एसिया क्यानाडाको उत्कृष्ट भिडियो सम्पादन गर्ने कार्य अभिनेता थापाले गरेका थिए। विषालु, हाउडे लगायतमा नायक बनेर जोडदार अभिनय गरेर नेपाली चलचित्र उद्योगमा पचासको दशकमा बेग्लै पहिचान राख्न सफल अभिनेता थापा नेपाली चलचित्रलाई कहिले पनि माया मार्न नसक्ने प्रतिक्रिया व्यक्त गर्छन्।

आफूलाई नेपाली चलचित्रले नै पहिचान दिएको भन्छन्। जहाँ जता रहेतापनि नेपाली चलचित्रको प्रवद्र्धनमा नै आफू लाग्ने प्रतिवद्धता पनि उनले व्यक्त गरेका छन्।
प्रकाशन मिति–२०७३ साल साउन १० गते सोमवार ।