काठमाडौं। स्वर्गवासी अमर नायक श्रीकृष्ण श्रेष्ठ पत्नी नायिका श्वेता खड्काले क्यान्सर पीडितलाई ५० हजार नगद सहयोग गरेकी छन। नायिका खड्काले आफ्नो जन्मदिन दिन क्यान्सर पीडित खजुरा, बाँकेकी २४ बर्षिया दिना परियारलाई टिचिङ्ग अस्पातलमै पुगेर खड्काले नगद ५० हजार सहयोग गरेकी हुन।

सहयोग गर्दै नायिका श्वेता खड्काले भनिन्,‘म आर्थिक सहयोग गर्नु भन्दा पनि दिना बहिनीलाई आँट, हिम्मत र साहस दिन आएकी हुँ । आफ्नो उपस्थितिले दिनाको ओठमा मुस्कान देखिनु नै आफ्नो जन्मदिनको सबै भन्दा ठूलो गिफ्ट भएको बताइन्।’

क्यान्सरकै कारण ५ बर्ष अगाडि आफ्ना पति श्रीकृष्ण श्रेष्ठलाई गुमाउनु परेको दुखद क्षणलाई सम्झदै नायिका खड्काले भनिन्, ‘क्यान्सरले मेरो खुशी खोसेको छ, त्यसैले यो रोगलाई म मेरो शत्रुको रुपमा लिन्छु । ‘यो रोगले मेरो जीवनसाथीलाई समेत मृत्‍युको काखमा पुर्‍याएको छ।’

क्यान्सर रोगका कारण आफ्नो जीवनमा अपुरणीय क्षती भएको बताउँदै श्वेताले आफू क्यान्सर अस्पताल निर्माणको कार्यमा जुटेको समेत जानकारी दिइन् । उनले जावलाखेलमा रहेको नेशनल क्यान्सर अस्पताललाई बिस्तार गर्न लागेको बताएकी छन्।

उक्त क्यान्सर अस्पतालले आर्थिक अभावले उपचार पाउन नसकेकाहरुका लागि विशेष सेवा दिन लगाउने आफ्नो प्रमुख लक्ष्य रहेको पनि नायिका खड्काले भनेकी छन्।
प्रकाशन मिति–२०७६ साल माघ २४ गते शुक्रवार ।