काठमाडौ। नेपाली ऐतिहासिक चलचित्र भीमदत्तको च्यारिटी–शो भएको छ। केही बर्षअगाडि नै चर्चाको शिखरमा रहेको चलचित्र भीमदत्तको दुई बर्षका क्यान्सर पीडित श्रृजन राईको सहयोगार्थ भएको हो।

काठमाडौको जमलस्थित विश्वज्योति हलमा चलचित्र भीमदत्त हेर्ने दर्शकको भीड नै लागेको थियो। चर्चित गायिका सत्यकला राईको संयोजनमा भएको च्यारिटी–शो प्रोग्रामवाट जे–जति उठेको रकम सवै क्यान्सर पीडित श्रृजन राईलाई प्रदान गरिने आयोजक सामना फिल्मसले जनाएको छ।

चलचित्र भीमदत्तमा नायक नवल खड्काको विशेष भूमिका रहेको छ। साथमा निशा अधिकारी, सुमिना घिमिरे, श्रीराम पुडासैनी लगायतका कलाकारहरुको बेजोड अभिनय रहेको छ।

नवल खड्काको निर्माण तथा हिमग्याप लामाको निर्देशन रहेको छ। देश–विदेशमा चलचित्र भीमदत्तको रिलिज भैसकेको छ। चलचित्र भीमदत्त अमर शहीद भीमदत्तको बास्तविक जीवन कथामा आधारित चलचित्र हो।


प्रकाशन मिति–२०७४ साल फागुन २४ गते विहीवार ।