ललितपुर। ललितपुर महानगरपालिका वडा नंबर ५ कार्यालय तथा वडा नंबर ५ को स्वास्थ्य कार्यन्वयन समितिको समन्वय तथा क्याम्पियन एकेडेमीको आयोजनामा बृहत रक्तदान कार्यक्रम संपन्न भएको छ।

रगतको अभावको कारण कसैको अनाहकमा ज्यान नजाओस् भन्ने मानविय सकारात्मक सोचका साथ क्याम्पियन एकेडेमीको आयोजनामा बृहत रक्तादन कार्यक्रम भएको हो।

क्याम्पियन एकेडेमीको मनोरम खुला खेल मैदानमा आयोजित बृहत रक्तदान कार्यक्रममा ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठले रक्तदाताहरुलाई ब्लड ब्याग दिएर शुभारम्भ भएको बृहत रक्तदान कार्यक्रममा १ सयजनाले उत्साहपूर्वक रक्तदान गरेका थिए।

जसमा ललितपुर महानगरपालिका वडा नंबर ५ की लोकप्रिय वडा सदस्य मञ्जु रिजालले पनि उत्साहका साथ रक्तदान गरेकी थिइन्। यो समेत आफूले चौध पटक रक्तदान गरिसकेको जानकारी पनि वडा सदस्य रिजालले भिजन संसार डटकमलाई दिएकी छन्। रक्तदानवाट आफूलाई स्वस्थ र ताजगी वनाउन अत्यन्त मदत मिलेको र आफ्नो रगतवाट कसैको ज्यान बच्ने भएवाट आफूलाई अत्यन्त आत्म संतुष्टि मिलेको पनि वडा सदस्य रिजालले भनेकी छन्।

आयोजक क्याम्पियन एकेडेमीका भाइस प्रिन्सिपल सुमन प्रधानले किशोर तथा युवा विद्यार्थीहरुलाई रक्तदान गर्न पनि एकेडेमीले मानवहितको बृहत रक्तदान कार्यक्रम राखिएको बताए ।

कार्यक्रममा ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठका साथमा वडा सदस्यहरु शोभादेवी प्रधान, पूनम निरौला, मञ्जु रिजालको स्वयंसेवालाई रक्तदाताहरुले दिल खोलेर तारिफ गरेको पाइयो।

त्यस्तै, वडाका स्वयंसेवी स्वास्थ्यसेवीहरुको पनि सहभागिताले बृहत रक्तदान कार्यक्रमलाई अझ बढी सार्थकता दिने कार्य भएको थियो ।

प्रकाशन मिति–२०७८ साल कात्तिक १६ गते मंगलवार ।