काठमाडौं। नेपालभाषी चलचित्रकी नंबरी नायिका आराध्यलक्ष्मी खड्गी क्रिश्चियन धर्मावलम्वी हुन्। क्रिश्चियन धर्मावलम्वी भएतापनि यो बर्षको विजया दशमीको टीका मज्जाले लगाएर दशैं पर्व मनाएकी छन्।

एक ठाउंमा मात्र नभइकन विजया दशमीको टीका तीन ठाउंमा लगाएर दशैं मनाउने क्रिश्चियनको रुपमा नायिका खड्गीलाई लिइएको छ। तीन बर्षअगाडिसम्म टीका नलाउने कट्टर क्रिश्चियनको रुपमा चिनिएकी खड्गीले तीन बर्षदेखि निरन्तर प्रत्येक दशैंमा दशैंको टीका लगाउन थालेको भिजन संसार डटकम मार्फत खुलासा गरेकी छन्।

घरमा बुवा–आमा सवै क्रिश्चियन भएको कारण स्वभावतः आफूपनि क्रिश्चियन बनेको बताउने उनी कलाकार भएपछि कट्टर बन्न नमिल्ने र कलाकारको कुनै धर्म, जाति तथा संस्कृति नहुने भएकोले सवै धर्म, जाति तथा संस्कृतिमा रम्न जरुरी भएको कारण यो बर्ष पनि दशैंको टीका लगाएको उनको भनाई छ।

अर्कोतर्फ, प्राय चलचित्रमा टीका तथा सिन्दूर लाउनु पर्ने हुन्छ। त्यो पनि तीनवटा चलचित्रको विवाहको क्रममा सिन्दूर र टीका लगाएको पनि उनले भनेकी छन्। सवै धर्म तथा जाति र संस्कृतिलाई आफूले बरोबर मान्यता दिने गरेको र सवै धर्मलाई मान्ने गरेको जानकारी पनि उनले दिएकी छन्।


प्रकाशन मिति–२०७६ साल असोज २२ गते बुधवार ।