काठमाडौ। क्रोएसिया र डेनमार्कले विश्वकप फुटबलमा विजयी शुरुवात गरेका छन् । नाईजेरियालाई २–० ले हराउँदै क्रोएसियाले विश्वकपमा सुखद सुरुवात गरेको हो।

३२ औं मिनेटमा उपहार गोलमार्फत अग्रता बनाएको क्रोएसियाले ७१ औं मिनेटमा अग्रता दोब्बर पारेको थियो। लुका मोड्रिचले पेनाल्टिको अबसरलाई सदुपयोग गर्दै टोलीको जित निश्चित गरेका थिए।

डेनमार्कले पेरुमाथि १–० को कठिन जित दर्ता गर्‍यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा युसुफ पउलसनले गरेको गोल ३ अंक दिलाउन पर्याप्त बन्यो।

डेनमार्कभन्दा ६ प्रतिशत बढी समय बल आफ्नो नियन्त्रणमा राखेपनि पेरुले गोल फर्काउन भने सकेन। पेरुका आधा दर्जन बढी प्रहार बिफल भएका थिए।
प्रकाशन मिति–२०७५ साल असार ३ गते आइतवार ।