काठमाडौं। नेपाल खुला विश्वविद्यालयका प्राध्यापक डाक्टर अरहन स्थापितलाई द डीन अफ इन्टरनेशनल पीस प्राइज २०१९ प्रदान गरिएको छ।

नगद २५ हजार सहितको उक्त द डीन अफर इन्टरनेशनल पीस प्राइज २०१९ विशिष्ट अतिथि ईक्यु फर पीस वल्र्डवाइडका सिइओ म्याट पेर्लेस्टीनले प्राध्यापक डाक्टर स्थापितलाई प्रदान गरिएको हो।

क्रोधरहित संसार (World Without Anger-WWA)र ग्लोबल पीस फाउण्डेसनको आयोजना तथा समृद्धि एजुकेशन फाउण्डेसनको सहआयोजनामा 9th WWA International Conference on Global Peace through Emotional Intelligence Education (EQ/EI), Organizational Management & Positive Psychology for Inner Peace, Business Success and a Better Life नामक अन्तरराष्ट्रिय सम्मेलनमा आयोजित कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो।

सम्मेलनको उदघाटन नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा.डा.लेखनाथ शर्माले गरेका हुन्। प्रमुख अतिथि शर्माले आजको आवश्यकता विश्व शान्तिको लागि इमोशनल इन्टेलिजेन्स जरुरी भएकोले पाठ्यक्रममा नै यसलाई समावेश गर्नु पर्ने कुरामा जोड दिएका थिए।

विशिष्ट अतिथि ईक्यु फर पीस वल्र्डवाइडका सिइओ म्याट पेर्लेस्टीनले विश्वमा शान्ति दिनानुदिन खस्केको अवस्थामा इमोशनल इन्टेलिजेन्स मात्र समस्याको समाधान हुने कुरामा जोड दिए। नेपाल खुला विश्वविालय, ईक्यु फर पीस वल्र्डवाइड इन्क–अमेरिका, नेशनल अशोसियशन अफ साइकोनोजिकल साईन्स, भारतको सहभागितामा संचालन भएको उक्त सम्मेलन प्रमुख अतिथि शर्माले WWA जर्नलको सातौं संस्करणको लोकार्पण पनि गरे ।

त्यसैगरि प्रमुख अतिथि शर्माले WWA का उपाध्यक्ष डा. लक्ष्मण शाक्यलाई डब्ल्युडब्ल्युए भिजिनरी अचिभमेन्ट अवार्ड २०१९ प्रदान गरे। सोहि समारोहमा विशिष्ट अतिथि पेर्लेस्टीनले कृपा सिग्देल श्रेष्ठलाई डब्ल्युडब्ल्युए भिजिनरी अचिभमेन्ट अवार्ड २०१९ प्रदान गरे। नेपाल खुला विश्वविद्यालयकी डीन प्राध्यापक डाक्टर. सिलु मानन्धर बज्राचार्यले बुद्धत्वको बीज सबै मानवमा निहित हुन्छ, तर त्यसलाई अनुभव गर्न नसकेको कारणले अशान्ति छाई रहेको तथ्य प्रकाश पारेकी थिइन्।

उद्घाटन सत्र पश्चात प्रा.डा.मुरारीप्रसाद रेग्मी, प्रा. डा. शिशिर सुब्बा, मनोहर कुमार भट्टराई र डा. आशिष सेन आफ्ना धारणा व्यक्त गरेका थिए। उक्त सम्मेलनमा व्यवस्थापन, इमोशनल इन्टेलिजेन्स, सहकारी, अनलाइन व्यवसाय, इ बैंकिंग, कृषि नीति, कर्मचारीको कार्य सन्तुष्टि, कर्मचारी प्रशासन सम्बन्धी ३७ वटा कार्यपत्रहरु स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुले प्रस्तुत गरेका थिए । दुई दिनसम्म संचालन हुने उक्त सम्मेलनमा आठवटा देशका विद्वान विदुषी तथा अनुसन्धानकर्ताले सहभागिता जनाएका थिए।
प्रकाशन मिति–२०७६ साल कात्तिक ८ गते शुक्रवार ।