Namrata with Aryan in film Classicकाठमाडौ। नेपाली चलचित्र उद्योगमा अपाङ्गता भएका व्यक्तिहरुको कथामा आधारित चलचित्र खासै बनेको पाइएको छैन्। यसक्रममा चलचित्र क्लासिक दृष्टिविहिन अपाङ्गहरुको जोडदार कथालाई समेटिएर चलचित्र क्लासिक निर्माण भएर अलनेपाल रिलिज समेत भैसकेको अवस्था रहेको छ।

व्यापारिक हिसावले चलचित्र कतिको राम्रो चल्यो या चलेन भन्ने कुरा निर्माण पक्षलाई नै बढी थाहा होला। कुनैपनि नेपाली चलचित्रले महाभूकम्प र नाकाबन्दी यता बजार बलियो बनाउन नसकेको अवस्थामा चलचित्र क्लासिकले मात्र उकास्यो भन्ने कुरामा शंका नै रहेको छ। यद्यपि, यो चलचित्रको बलियो पक्ष भनेको चलचित्रले बोकेको कथा हो। दृष्टिविहिन दुई पात्र नम्रता श्रेष्ठ र आर्यन सिग्देल वरपर घुमेको कथा बेजोड भएतापनि पटकथामा सुस्तता आएकोले खासै राम्ररी बग्न नपाएको अपाङ्ग चलचित्रकर्मी लोकध्वज शाहको ठहर रहेको छ।

Lok

पठकथालाई राम्ररी बगाउन सकेको भए, चलचित्र क्लासिक दमदार हुने शाहको तर्क रहेको छ। अभिनयको दृष्टिकोणले नम्रता श्रेष्ठको बेजोड अभिनय रहेको छ। जन्मजात दृष्टिविहिन पात्रको भूमिकामा नम्रताले अत्यन्त न्याय गरेको चलचित्र फिलिङ्गोका निर्माता तथा निर्देशक समेत रहेका शाहले भनेका छन्।

निर्देशक दिनेश राउतको निर्देशन तथा छेतेन गुरुङ्गको लेखन रहेको चलचित्र क्लासिकका एक निर्मातामा नायक आर्यन सिग्देल समेत रहेका छन्। चलचित्रलाई पुटअप दिने कार्यमा बरिष्ठ अभिनेत्री शकुन्तला शर्मा र पछिल्लो छिमलकी नायिका प्रियंका कार्कीको भूमिकालाई गौण भन्न नसकिने तर्क पनि अपाङ्ग चलचित्रकर्मी तथा फोटोग्राफर शाहको मूल्यांकन रहेको छ।
प्रकाशन मिति–२०७२ साल फागुन १६ गते आइतवार ।