kshitiza-shakya-in-boutique-working-1काठमाडौ। नेपालकी चर्चित मोडल तथा अभिनेत्री क्षितिजा शाक्य हाल चलचित्रको अभिनयमा भन्दा बढी बुटिक डिजाइन तथा यसैको व्यापार व्यवसाय विस्तार गर्ने क्रममा अत्यन्त व्यस्त बनिरहेकी छन्। विशेष गरेर क्षितिजाले नेपालमा प्राकृतिक रुपमा उत्पादन भएका कच्चा सामाग्रीहरुलाई नै प्रयोग गरेर विभिन्न स्टाइलका पहिरनहरुको डिजाइन गर्ने कार्य गर्दैआएकी छन्।

kshitiza-shakya-in-boutique-working-3क्षितिजाले डिजाइन गरेका ती अर्गानिक स्टाइलहरुलाई स्वदेश तथा विदेशका कस्टमरहरुले निक्कै रुचाइरहेको पाइएको छ। स्वदेश तथा विदेशवाट पनि क्षितिजाले गरेका अर्गानिक डिजाइनहरुलाई रुचाएर अनलाइन अर्डर दिने गरेको पाइएको छ। कति कस्टमरहरु विदेशवाट डाइरेक्ट उनलाई संपर्क गरेर विभिन्न स्टाइलका पहिरन अर्डर गरेर लाने गरेका छन्।

kshitiza-shakya-in-boutique-working-8क्षितिजाका ती स्टाइल डिजाइनका पहिरनहरु नेपाल वाहेक अमेरिका, अष्ट्रेलिया, बेलायत, जापान, हंगकंग तथा जर्मनसम्म पुगेका छन्। यी मुलुकहरुवाट क्षितिजालाई अनलाइन अर्डरहरु आउने गरेको छ। त्यसको लागि सामान तयारी गर्दैमा उनी निक्कै व्यस्त हुन थालेकी छन्। उनी न्यूरोड–किलागल स्थित बुटिकको कारखानामा कालिगढहरुलाई आफूले डिजाइन गरेका स्टाइलहरु अनुरुप सामान बनाउन सिकाउंने कार्यमा हरपल लागिरहेकी हुन्छिन्।

kshitiza-shakya-in-boutique-working-2त्यसको अलावा देश–विदेशका कस्टमरहरुसंग आफैले अनलाइन डिल गर्ने तथा अर्डर लिने कार्यमा व्यस्त क्षितिजाको पछिल्लो डिजाइन नेचर स्टाइल धेरैले मन पराएको छ। प्रकृतिसंग रमेर नेचर स्टाइलका डिजाइन गर्न रमिरहेकी उनी जर्मनी फेसन वेयर कंपनीको फेसन डिजाइनर समेत हुन्। फेसन डिजाइनमा ग्राजुयेट समेत रहेकी क्षितिजाका स्टाइल एवम् डिजाइन नेपालका सेलिब्रेटी देखि हलिउड तथा बलिउडका सेलिब्रेटीहरुका रोजाई पनि बनिसकेका छन्।

kshitiza-shakya-in-boutique-working-6विशेषत हाल क्षितिजाले डिजाइन गरेका विदेश एक्सपोर्ट हुने सामाग्रीहरुमा लुगा, टोपी, कि–चेन, माला, चुरा, जुत्ता लगायतका रहेका छन्। नेपाली फेबरिकलाई विदेशमा प्रमोट गर्ने प्रमुख लक्ष्यका साथमा बुटिक व्यवसायमा लागेकी छन्। क्षितिजाको बुटिकवाट तयार हुने फेबरिकवाट बन्ने गरेका ढाका, मखमली कपडाको जुत्ता लगायतका सामाग्रीहरुले विदेशको बजार लिने क्रममा रहेको छ।

kshitiza-shakya-in-boutique-working-5नेपालको टप फेसन डिजाइनर बन्ने लक्ष्यका साथ लागिरहेकी उनलाई विभिन्न चलचित्रवाट अफर आउने क्रम रोकिएको छैन्। यसै काममा व्यस्त बन्नु परेको तथा छोरो पनि सानै भएकोले अफर आएका चलचित्रहरुमा काम गर्न नपाएकोमा उनी दुःखी देखिएकी छन्।

kshitiza-shakya-in-boutique-working-4नेपाल टेलिभिजनको कुनैबेलाको निक्कै हिट टेलिसिरियल पर्खालवाट अभिनय यात्रा शुरु गरेकी क्षितिजाले त्यसपछि घामछायाँ, कैदी, मिस नेपाल लगायतका चलचित्रहरुमा अभिनय गरेकी छन्। त्यस वीचमा दर्जनौ फेसन इभेन्टहरुमा मोडलिङ्ग तथा कोरियोग्राफर बनेर कार्य गरिसकेकी छन्।

kshitiza-shakya-in-boutique-working-9प्रकाशन मिति–२०७३ साल असोज ३ गते सोमवार ।