काठमाडौ। नेपालकी मल्टी ट्यालेन्टेट आर्टिष्ट, मोडल तथा फेसन डिजाइनर क्षितिजा शाक्य अमेरिकामा हुन गैरहेको मिस नेपाल युएस २०१८ मा अफिसेली फेसन डिजाइनर नियुक्त बनेकी छन्।

यही अगष्ट महिनाको १९ तारिखका दिन अमेरिकाको टेक्सास स्थित डल्लासमा हुन गैरहेको मिस नेपाल युएस २०१८ को लागि अफिसेली फेसन डिजाइनर भएकी हुन्। मिस नेपाल युएस २०१८ मा सहभागीहरुका लागि आवश्यक फेसन डिजाइनिङ गर्ने कार्य नेपाली स्टाइलमा इभिनिङ गाउन लगायतको डिजाइन गरिएको जानकारी डिजाइनर शाक्यले भिजन संसार डटकमलाई दिएकी छन्।

मिस नेपाल युएस २०१८ मा एक से एक प्रतिस्पर्धीहरुलाई बेस्ट अफ लक तथा आधिकारिक कोरियोग्राफर सुरेश मानन्धर लगायत आयोजक टीमलाई मौका तथा अवसर प्रदान गरेकोमा धन्यवाद दिने कार्य पनि डिजाइनर शाक्यवाट भएको छ।

नेपालमा बुटिक व्यवसायमा विगत एक दशक देखि निरन्तर लाग्दैआएकी उनी देश–विदेशमा ख्यातिप्राप्त फेसन डिजाइनर हुन्। नेपाली टेलिफिल्म पर्खालवाट अभिनयको करियर शुरु गरेकी उनको पहिलो फिल्म घामछायाँ हो।

त्यसपछि एक दर्जन फिल्ममा लिडिङ रोलमा अभिनय गरिसकेकी उनले सयौं फेसन–शोमा क्याटवाक तथा फेसन डिजाइन गरिसकेकी छन्।

प्रकाशन मिति–२०७५ साल साउन २५ गते शुक्रबार ।