काठमाडौं। जातिय संगठनको विकास तथा विस्तारले लोप हुन लागेका धेरै जातिय कला–संस्कृति तथा संस्कारहरुको संरक्षण हुन थालेको छ। जुन सकारात्मक पक्ष हो।

अर्कोतर्फ, मानिसको जात मानिस मात्र हो भन्ने बृहत अवधारणाको प्रचुर विकास भैरहेको अवस्थामा पनि जातिय संगठनको विस्तारले मानव जातिको संगठन हुने अधिकारलाई सुनिश्चितता गरेको छ।

त्यसमा कुनैपनि संकिर्णताको रुपमा लिन नमिल्ने र नलिइने प्रतिबद्धता सहित खप्तडी बुढाथोकी क्षेत्री सेवा समाजको जातिय संगठनको विस्तार भएको हो। जसको काठमाडौंको कलंकी स्युंचाटारमा प्रथम क्षेत्रिय तथा जिल्ला स्तरीय निर्वाचन समेत भएर निर्वाचितहरुलाई पदास्थपना गराउने कार्य भएको छ।

समाजको प्रथम काठमाडौँ निर्वाचन क्षेत्रिय तथा जिल्ला अधिवेशनबाट शैलेन्द्र बुढाथोकी अध्यक्षतामा कार्य समिति निर्वाचित भएको छ। जसमा उपाध्यक्ष कविराज बुढाथोकी, सचिव रुपेश बुढाथोकी, कोषाध्यक्क्ष चित्र बहादुर बुढाथोकी र सदस्यहरुमा निशान बुढाथोकी, सबिता बुढाथोकी, रमा बुढाथोकी, रुद्र बहादुर बुढाथोकी, अनुप बुढाथोकी, पुरन्जन बुढाथोकी, शम्भु बुढाथोकी, चन्द्र बहादुर बुढाथोकी, शंकर बुढाथोकी,राजेन्द्र बुढाथोकी,रवि बुढाथोकी छन्।

त्यस्तै खप्तडी बुढाथोकी क्षेत्री सेवा समाजको प्रथम काठमाडौँ जिल्ला कार्यसमितिको सल्लाहकारहरुमा कृष्ण कुमार बुढाथोकी, डाक्टर प्रा. प्रहलाद बुढाथोकी, अच्युत बुढाथोकी, पदम बुढाथोकी चयन भएका छन्। त्यसै गरी,लेखा समितिका पदाधिकारीहरुमा संयोजक भीमसेन बुढाथोकी र सदस्यहरुमा प्रदिप बुढाथोकी र रोशन बुढाथोकी तोकिएका छन्।

प्रकाशन मिति–२०७८ साल कात्तिक १४ गते आइतवार ।