Karishma Manandhar in Politics 1काठमाडौ। डा.बाबुराम भट्टराईको नयाँ शक्ति नेपाल नामक पार्टीको केन्द्रिय सचिवालय सदस्य रहेकी नेपालकी अभिनेत्री करिश्मा मानन्धरले आइतवार गोदावरी स्थित आफ्नै निवासमा अन्तरक्रिया कार्यक्रम गरेकी छन्।

गोदावरी टौखेल स्थित घरलाई पार्टीको कार्यालय जस्तो बनाएर अभिनेत्री मानन्धरले अन्तरक्रिया गर्दै नेतालाई गाली गरेर समय खेर फाल्नुभन्दा सक्षम युवाहरु आफै राजनीतिमा आएर मुलुकलाई परिवर्तन गर्न जोड दिएकी छन्।

Karishma Manandhar in Politics 2

अभिनेत्री मानन्धरले नेपालमा नेपाली जनताले खराब नेता चुनेर पठाएको कारणले नेपालको राजनीति विग्रिएको दावी गर्दै अवको चुनावमा त्यसलाई सच्याउनु पर्ने बताइन्।

अन्तरक्रियामा नयाँ शक्ति नेपालको ३ नंवर प्रदेश संयोजक बलावती शर्मा र प्रवक्ता खिमलाल देवकोटासहित स्थानियको पनि सहभागिता रहेको थियो।
प्रकाशन मिति–२०७३ साल बैशाख १९ गते आइतवार ।