काठमाडौं । राजधानीको कलंकीमा रहेको खाँडादेवी फूडल्याण्डमा रंगको पर्व रुपमा लिईने सांस्कृतिक चाँड फागु पूर्णिमाको अवसरमा होली विशेष सांस्कृतिक कार्यक्रम हर्षोल्लास पूर्वक धूमधामका सम्पन्न भएको छ ।

कार्यक्रमा चर्चित मोडल एवम् लोक तथा दोहोरी गायिका ज्योति मगर विशेष आकर्षणको रुपमा देखा परेकी थिइन्। त्यस्तै, चर्चित लोक गायक बालचन्द्र बराल,मोडल करिश्मा ढकाल,भावना पौडेल,रोजिना परियार लगायतका कलाकारहरुले दमदार गीत प्रस्तुत गरेका थिए भने बिच बिचमा नृत्यहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा रङ अनि पेय पदार्थ,खानाका परिकारहरु लोकल खसी कालिज,लोकल खुखुरा,बदेल,लाइभ बारबेक्‍यू,तन्दुरी,कवाब मम,पानीपुरी लगाएतको मासुको उत्कृष्ट परिकारको स्टल एवं प्रदर्शनी थरिथरिका पेय पदार्थ तथा पाहुनाको अर्डर अनुसार खानाको परिकार समेत उपलब्ध थियो।

नेपाली मौलिक कला सस्कृतिको माध्यमबाट नेपाली बिचको एकतालाई प्रगाढ बनाउन बिगतका बर्ष झै यस बर्ष पनि कार्यक्रमको आयोजना गरिएको फूडल्याण्डका प्रबन्ध निर्देशक एजुकेटिभ सेफ गोपी थापाले बताए।

प्रकाशन मिति–२०७९ साल फागुन २२ गते सोमवार ।