काठमाडौं। रामेछापको माकादुम स्थित खाँडादेवी गाउँपालिकालाई कोरोना संक्रमणवाट बच्न र बचाउन स्वास्थ्य सामाग्री सहयोग वितरण गर्ने कार्य भएको छ। हामी नेपाली ग्लोबल तथा बीबीटीएम फाउण्डेसनको संयुक्त आयोजनामा मंगलवार खाँडादेवी गाउँपालिका माकादुम रामेछाप नै पुगेर स्वास्थ्य सामाग्री प्रदान गर्ने कार्य भएको हो।

हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामा तथा बीबीटीएम फाउण्डेसनका अध्यक्ष नवराज तामाङ सहितको राष्ट्रिय संगीतकर्मी संघका महासचिव विक्रमजंग शाह, समाजसेवी सरस्वती कार्कीको टीम रामेछाप पुगेर स्वास्थ्य सामाग्री वितरण गर्ने कार्य भएको छ। स्थलगत रुपमा काठमाडौंवाट रामेछाप पुगेर स्वास्थ्य सामाग्री वितरण गरेर फर्कदा आत्म गौरबता लागेको प्रतिक्रिया हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाको रहेको छ।

यस कार्यमा रामचन्द्र श्रेष्ठ, अर्जुन खड्का, मोहन वाइवा, शोभाकान्त पाण्डे, कमल श्रेष्ठ र अर्जुन देवकोटाको पनि सहयोग रहेको जनाइएको छ।
प्रकाशन मिति–२०७८ साल जेठ ४ गते मंगलवार ।