Women in Baideshik Rojgarima 2काठमाडौ। खाडी मुलुक तथा मलेसियमा नेपालका अशिक्षित ग्रामिण महिलाहरु पनि रोजगारीको लागि जान पाउने भएका छन्।

हाउसमेडका रुपमा महिला कामदार पठाउने भन्दै नेपालका २ वटा म्यानपावर एजेन्सीले लेबनानबाट प्राप्त कामदारको माग गरिएको त्यसप्रकारका महिलाहरुको बारेमा बैदेशिक रोजगार विभागमार्फत बैदेशिक रोजगार कार्यालयमा पूर्वश्रमस्वीकृतिका लागि फाइल पेश गरेपछि उक्त अवसरको गेट खुलेको कारोवार दैनिकमा उल्लेख भएको छ।

Women in Baideshik Rojgarima 1

यसप्रकारको हाउस मेड माग लेबनानबाट पहिलोपटक आएको हो। बैदेशिक रोजगार कार्यालय काठमाडौका प्रमुख मधुविलास पण्डितले पेश भएका ५० प्रतिशत मागमा पूर्वश्रमस्वीकृति दिइसकेको बताएका छन्।

एक लट कामदार पठाइसकेपछि मात्र अर्को लटको पूर्वश्रमस्वीकृति दिइने पनि प्रमुख पण्डितले भनेका छन्। खाडी मुलुक र मलेसियामा कामदारको मासिक पारिश्रमिक न्यूनतम दुई सय देखि दुई सय ५० डलर सम्म हुने गरेको छ।
प्रकाशन मिति–२०७२ साल माघ ६ गते बुधवार ।