Karishma Manandhar Cookingकाठमाडौ। भारतको नाकाबन्दीको पाँच महिना यता नेपालीहरुले निक्कै नै दुःख पाएको छ। इन्धनको अभावले झेलिएको नेपालीहरुको दिनचर्या खाना पकाउने ग्याँसको खोजी तथा पेट्रोलको लाइन बस्दैमा जाने गरेको छ। हुनेखानेले कालोबजारीवाट इन्धन खरिद गरेर शानको जीवन बाँचेकै पाइएको छ। नहुनेले दाउरामा भएपनि खाना पकाएर जसोतसो बाँच्ने उपाय गरेको पाइन्छ। यसकुरामा नेपाली चलचित्र उद्योगका कलाकारहरु पनि अछुत हुन सकेको छैन।

Basundhara Bhusal Cooking 1

नेपाली चलचित्रका कलाकारहरु नाकाबन्दी यता निक्कै मारमा परेको पाइएको छ। आम सर्वसाधारण जस्तो खाना पकाउने ग्याँस तथा पेट्रोलको लाइनमा बस्न पनि नमिल्ने तथा बसेमा पनि फलाना कलाकार पनि फलाना स्थानमा ग्याँस तथा पेट्रोलको लाइनमा बसेको छ भनेपछि उनीहरुलाई हेर्ने तमासेहरुको भीडले पनि कलाकार लाइनमा बस्न नसकेको तर्क नेपाल चलचित्र कलाकार संघका पूर्वअध्यक्ष नवल खड्काको रहेको छ। यसलेगर्दा कलाकारहरु चिनजान तथा पहुँचवालाहरुलाई इन्धनको लागि हारगुहार गर्न बाँध्य भैरहेको यथार्थता अभिनेत्री शुभेच्छा थापाले भनेकी छन्।

Rubi Rana Daurako Chuloma

खाना पकाउने ग्याँसको अभावले प्राय कलाकार दाउरा तथा भुसे चुल्होको सहयोगमा कलाकारहरु खाना पकाइरहेको अवस्थामा भेटिने गरिएको छ। अघिल्लो पुस्ताकी चर्चित अभिनेत्री बसुन्धरा भुसाल देखि सदावहार सुन्दरी नायिका करिश्मा मानन्धर देखि प्रथम मिस नेपाल रुवि राणा समेत दाउरे चुल्होमा खाना पकाउन व्यस्त हुने गरेको पाइएको छ।

बरिष्ठ अभिनेत्री बसुन्धरा भुसालले ग्याँस पाइएको बेला ग्याँसमा र सकेको बेलामा आँगनमा रहेको दाउरे चुल्होमा खाना पकाउने गरेको भनेकी छन्। सदावहार सुन्दरी नायिका करिश्मा मानन्धर खाना पकाउने ग्याँसको अभावले गर्दा दाउरामा खाना पकाउन आफूलगायत सवैको बाँध्यता भन्न चुक्दिनन्। यसको समाधानको लागि सवैले पहल गर्नुपर्ने कुरामा नायिका मानन्धरले राय व्यक्त गरेकी छन्।

प्रकाशन मिति–२०७२ साल माघ ९ गत शनिवार ।