hima-koirala-2काठमाडौ। टीका लाएर बनाएकी दिदी तथा फुपु मात्र नभइकन खुराफाती हाकिमकी श्रीमती भनेर चर्चामा आएकी अभिनेत्री हिमा कोइरालालाई हिजोआज बाटोमा हिड्नै मुश्किल परेको छ। विना मास्क सार्वजनिक सवारी साधनमा हिंड्दा प्रायले तपाई टीका लाएकी दिदी तथा फुपु होइन भनेर जिस्काउने गर्छन्। कतिले त रिसाउने पाराले बसभित्रै खुराफातीकी श्रीमती भनेर पनि ठाडै भन्ने गरेको पाइएको छ।

hima-koirala-1

यसले गर्दा सार्वजनिक सवारी साधनमा हिंड्डुल गर्दा मास्क लगाएर हिंड्न बाँध्य बनेकी छन्। अत्यन्त लोकप्रिय हाँस्य सिरियल जिरे–खुर्सानीमा खुराफाती हाकिम मनोज आचार्यको श्रीमतीको भूमिकामा देखा पर्दैआएकी यी अभिनेत्री हिमा कोइराला स्वभाविक अभिनय गर्नमा खप्पिस मानिन्छ।

hima-koirala-8यो बर्ष आयोजित तिते–जिरे गाईजात्रे कार्यक्रममा मापसे गर्ने महिलाको रोलमा स्वभाविक अभिनय गरेर निक्कै वाहवाही पाएकी थिइन्। हुन त मापसे अर्थात मादक पद्धार्थ हालसम्म मुखमा नराखेको र त्यसको स्वाद कस्तो छ भनेर थाहा पनि नपाएको बताउने हिमा मापसेको अभिनय गर्नमा भने एक नंबरी नै देखिएकी थिइन्।

hima-koirala-gaijatre-1

मापसेको अभिनयमा साँच्चै रक्सी खाएर आएको हो कि भन्ने भान पनि उनले दिएकी थिइन्। अभिनयमा वि.सं.२०५२ सालमा नै इन्ट्री गरेकी हिमाको पहिलो फिल्म दागवती हो। फिल्म दागवतीमा उनले नायिका संचिता लुइंटेलको साथी तथा नायक दीलिप रायमाझीको हिरोइनको रोलमा अभिनय गरेकी छन्।

hima-koirala-5पहिलो फिल्म दागबतीमा दीलिप रायमाझीको हिरोइन बनेकी हिमाले त्यसपछि भने खासै अन्य चलचित्रमा त्यति राम्रो अभिनय गर्ने अवसर पाइएको देखिएन। चलचित्र मुना–मदनमा मदन ल्हासामा जांदा मुनालाई भड्काउने खालको नेगेटिभि रोल गरेकी थिइन्। त्यसपछि चलचित्रमा भन्दा विभिन्न रंगमञ्च तथा टेलिसिरियलमा नै व्यस्त बनेकी उनले बढी ख्यातिप्राप्त कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य महका चर्चित सिरियलहरु डकर्मी, नारी, सेफ्टी ट्याँकी लगायत विभिन्न विज्ञापनहरुमा अभिनय गरेकी छन्।hima-koirala-wita-mahaगौरी शंकर धुँजु निर्मित तथा निर्देशित लामो भागको सिरियल अग्नीकुण्डमा पनि बेजोड अभिनय गरेकी उनले अर्का चर्चित हाँस्यअभिनेता सन्तोष पन्तको हिजोआजका कुरामा जड्याँहाको श्रीमतीको भूमिका गरेर बेग्लै इमेज कायम गरेकी थिइन्।

त्यसैगरेर, त्यो बेला निक्कै चर्चामा आएको मोहन मिश्र निर्देशित सिरियल मिस्टर फन्तुसमा पनि फन्तुस रोलमा अभिनय गरेकी थिइन्।

hima-koirala-4

दीपकराज गिरी र दीपाश्री निरौलाको तितो–सत्यका केही एपिसोडहरुमा श्रीमतीकै भूमिका गरेकी हिमाले शिवहरि पौडेल–जीतु नेपाल निर्देशित जिरे–खुर्सानीमा विगत १२ बर्षदेखि खुराफाती हाकिमको श्रीमतीको रोलमा अभिनय गर्दैआएका उनलाई यसै रोलले निक्कै चर्चामा ल्याइदिएको छ।

hima-koirala-7

जिरे–खुर्सानी टीमले निर्माण गरेको अर्को चर्चित सिरियल ब्रेकफेलमा पनि खुराफाती हाकिम मनोज आचार्यकै श्रीमतीको रोलमा उनले अभिनय गरेकी छन्। प्राय सिरियल, विज्ञापन तथा नाटकहरुमा श्रीमतीकै भूमिकामा अभिनय गर्दैआएको कारण अभिनयमा आफ्नो कतिजना श्रीमान भए भनेर गन्नै छाडिसकेको र गनेर साँध्यै नभएको पनि उनले भनेकी छन्।

एकजना भए पो भन्न मिल्ने धेरै जना भएपछि कसको मात्र स्पेशल नाम लिने भनेर ठट्टा गर्न नछाड्ने उनी म त खुराफाती हाकिमको श्रीमती र टीका लाएकी दिदी–फुपु नै हो भनेर हाँस्छिन्।
प्रकाशन मिति–२०७३ साल भदौ २५ गते शनिवार ।