khurafati-hakimani-hima-1काठमाडौ। नेपालको अत्यन्त चर्चित तथा लोकप्रिय हाँस्य सिरियल जिरे–खुर्सानीमा खुराफाती हाकिमको श्रीमतीको भूमिकामा रहेकी तथा मुन्द्रेकी टीका लाँको फूपुको रोल गर्ने अभिनेत्री हिमा कोइरालाको आज जन्म दिन परेको छ।

इस्वी संवतअनुसारको अंग्रेजी नयाँ बर्ष जनवरी १ तारेखमा जन्मेकी खुराफाती हाकिमनी अर्थात टीका लाएर बनाएकी फूपुको आज नयाँ बर्षको नयाँ दिन जस्तो नयाँ दिन शुरु भएको छ। विहानै देखि जन्म दिनको ओइरोले अत्यन्त मख्ख परेकी खुराफाती हाकिमनी हिमा कोइराला जन्म दिनको दिन आफूलाई भर्खर १८ बर्षको खुराफाती हाकिमनीलाई १८ बर्षको हाइभोल्टेज जवानी लागेको जस्तो महशुश गरेको बताएकी छन्।

पछिल्लो समय टेलिसिरियलको अलावा विभिन्न चलचित्रमा पनि अभिनय गर्दैआएकी हिमा कोइरालाले कुनै बेला अभिनेत्री संचिता लुइँटेलको समकक्षी नायिका बनेर केही चलचित्रमा अभिनय गरिसकेकी छन्।

khurafati-hakimani-hima-2प्रकाशन मिति–२०७३ साल पुस १७ गते आइतवार । अंग्रेजी नयाँ बर्ष सन् २०१७ जनवरी १ तारेख।