काठमाडौं। कोरोनावाट संक्रमित हुनासाथ आतिनु हुंदैन। धेरैको आतिएर नै ज्यान जाने गरेको छ। यदि कोरोना संक्रमित भैहालेमा पनि नआतिकन आत्मबल बढाएर मलाई केही भएको छैन भनेर संयमता अपनाएमा कोरोना जित्न सकिन्छ भन्ने उदाहरण बिजनेश वुमन तथा सामाजिक अभियन्ता सञ्जु थापा बनेकी छन्।

काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नंबर १२ हरियाली बस्तीकी सामाजिक अभियन्ता थापालाई कोरोनाको संक्रमणले बैशाख १९ गतेवाट गाह्रो पारेको थियो। बैशाख १६ गतेसम्म छिमेकीको विवाहलाई सफल पार्नका लागि बुटवलसम्म पुगेर विवाहका सवै रसम पूरा गर्न र गराउन अहोरात्र खटे्की सञ्जु थापालाई कोरोनाको संक्रमण कसरी भयो भन्ने कुरा आजको मितिसम्म पनि पत्ता लागेको छैन्।

संभवत बढी दौडधुपको कारण इम्युनिटी पावर घटेर कोरोनाको संक्रमण भएको हो कि भन्ने अनुमान मात्र सञ्जु थापाको छ। बैशाख १९ गते पिसिआर टेष्ट गर्दा कोरोना संक्रमण भएको पुष्टि भएपछि आफैले संयमता अपनाएर म त बलियो छु भनेर आत्मबल बढाउने कार्य आफैले गरेको भिजन संसार डटकमसंगको कुराकानीमा भनेकी छन्। नआतिकन घरमा एक्लै बसेर आफैले खाना पकाउने देखि हरेक विहान पहिला जस्तै नियमित नुहाइधुवाइ गरेर पूजाआजा गर्ने सवै कार्य गर्दै सकारात्मक सोच मात्र राखेर खुशी बन्ने कार्य गर्दैजाँदा कोरोना जतिसुकै डरलाग्दो रोग भएतापनि आफूले सामान्य बनाएको जिकिर गरेकी छन्।

सकारात्मक सोच र बलियो आत्म विश्वास तथा मलाई कोरोना लागेकै छैन भनेर बलियो मन बनाएपछि कोरोना जित्न सकिने ठूलो रहस्य सञ्जु थापाले वताएकी छन्। यति भएपछि डाक्टरको सल्लाह वमोजिमका औषधि सेवन तथा नियमित बाफ, व्यायाम लगायतका कार्य गरेपछि कोरोनालाई सहज रुपमा जित्न सकिने वताउंदै सवैलाई कोरोना लाग्यो भनेर आतिनु नहुने राय व्यक्त गर्छिन्। नेपालमा त कोरोना संक्रमितहरु आधाभन्दा बढी त डरैले मरिरहेको यथार्थता भएको कारण नडराउन पनि सञ्जु थापाको भनाई छ।


प्रकाशन मिति–२०७८ साल जेठ ८ गते शनिवार ।