Photo Modeling by SAKU PATHAK ( Model & Business Person of Nepal)

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १३० जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ५९ हजार ९२८ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ५८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न जिल्लामा गरिएको ६ हजार ५८३ पीसीआर परीक्षणमा १ हजार ५८४ जनामा कोरोना पुष्टि भएको हो।

यसैगरी, ४ हजार ३२१ एन्टिजेन परीक्षणमा ७१३ जनामा कोरोना संक्रमण देखिएको छ। पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख २२ हजार ६४० पुगेको छ। मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ४६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ७७२ पुगेको छ।

प्रकाशन मिति–२०७८ साल असार ७ गते सोमवार ।