काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८५३ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ८८ हजार १८७ पुगेको छ।

२४ घण्टामा देशभर १ हजार ५०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार विभिन्न जिल्लामा गरिएको ६ हजार ६४८ पीसीआर परीक्षणमा १ हजार ५०९ जनामा कोरोना पुष्टि भएको हो।

यसैगरी, ४ हजार ९९२ एन्टिजेन परीक्षणमा ९३५ जनामा कोरोना संक्रमण देखिएको छ। पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ३५ हजार १८८ पुगेको छ। मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ४२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ।
प्रकाशन मिति–२०७८ साल असार १४ गते सोमवार ।