काठमाडौं। नेपालमा अहिलेसम्म ५ लाख ९५ हजार ३ सय ६४ जना कोरोना संक्रमित भइसकेका छन्।

पछिल्लो चौविस घण्टामा ६ हजार ५ सय ७० जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, अहिलेसम्म ५ लाख ४ हजार ५ सय ३० जना संक्रमणमुक्त भएर निको भएका छन्।

निको हुनेको संख्या कुल संक्रमितको ८४ दशमलव ७ प्रतिशत हो। अझैपनि नेपालमा हाल ८२ हजार ७ सय ३६ जना सक्रिय संक्रमित रहेका छन्।

निको हुने सवैलाई हार्दिक बधाई तथा शुभकामना ! खुशी बाँडौ र खुशी बनौं।
(जनहितका लागि भिजन संसार डटकमको खुशी सामाजिक अभियान)

प्रकाशन मिति–२०७८ साल जेठ २५ गते मंगलवार ।