Photo Modeling-Nishan Budhathoki (Communication Officer of Mahila Shakti Bikash Kendra Nepal & Director of NAMI Saptahik)

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार २० जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार, योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ९ हजार ६२४ पुगेको छ।

त्यस्तै,२४ घण्टामा देशभर १ हजार ९६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार विभिन्न जिल्लामा गरिएको ७ हजार ५६९ पीसीआर परीक्षणमा १ हजार ९६३ जनामा कोरोना पुष्टि भएको हो।
५ हजार ४६८ एन्टिजेन परीक्षणमा ८०५ जनामा कोरोना संक्रमण देखिएको छ।

पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ७६८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख १७ हजार ९४७ पुगेको छ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ४४ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ६४१ पुगेको छ।

प्रकाशन मिति–२०७८ साल असार ४ गते शुक्रवार ।