Photo Modeling Sushila Pathak (Vetran Singer of Nepal)

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ६४ हजार ८८२ पुगेको छ। निको हुने सवैलाई बधाई तथा शुभकामना । खुशी बाँडौ र खुशी बनौं।

यो खुशीको खबरसंगै दुःखद खवरमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार विभिन्न जिल्लामा गरिएको १२ हजार २०४ पीसीआर परीक्षणमा ३ हजार ७०३ जनामा कोरोना पुष्टि भएको हो।

Photo Modeling Sushila Pathak (Vetran Singer of Nepal)

यसैगरी, ४ हजार ७०९ एन्टिजेन परीक्षणमा ८१९ जनामा कोरोना संक्रमण देखिएको छ। पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ४ हजार ५२२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख २६ हजार ३४३ पुगेको छ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ४१ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ८१३ पुगेको छ।


प्रकाशन मिति–२०७८ साल असार ८ गते मंगलवार ।