काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार १८७ जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँग नेपालमा कोरोना जित्नको संख्या ५ लाख ४० हजार ४३९ पुगेको छ।

त्यसैगरेर, पछिल्लो २४ घण्टामा २ हजार ७ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार ७ हजार ४ सय ४९ जनाको पीसीआर र ५ हजार ८ सय ४१ जनाको एन्टिजेन परीक्षण गर्दा २ हजार ७ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या पीसीआर विधिबाट ६ लाख १२ हजार २ सय २ र एन्टिजेन विधिबाट २२ हजार ४ सय ३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ८ हजार ५ सय ६ पुगेको छ । पछिल्ला दिनमा कोरोना संक्रमण घट्दै गएको छ। जुन खुशीको खबर हो।

क्रमिक रुपमा कोरोना संक्रमण दर घट्दै जाने अनुमान गरिएको छ। यसमा नेपाली जनता आफै सचेत भएमा चाँडो भन्दा चाँडो कोरोना संक्रमण दर घट्ने निश्चित छ।
प्रकाशन मिति–२०७८ साल असार १ गते मंगलवार ।