काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार सबै पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रूपैयाँ मूल्य घटाइएको छ । घटेको मूल्य आज असार १ गते आइतवार रातिदेखि नै लागू हुने जनाएको छ। निगमका अनुसार अब पेट्रोलको मूल्य १ सय ८ रूपैयाँ कायम गरिएको छ भने डिजेल र मट्टितेल ९६.५० रूपैयाँ प्रतिलिटरमा झरेको छ। हवाइ इन्धन र एलपी ग्याँसको हकमा खुद्रा ब्रिकी मूल्य यथावत राखिएको छ।
प्रकाशन मिति–२०७६ साल असार १ गते आइतवार ।